मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस
धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६२ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए । उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ ।
मधेस प्रदेशमा मंगलबार नै दाबी पेस गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको आवश्यकता हुने भएपनि ६२ सांसदको समर्थन यादवले जुटाएका हुन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनमत पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका १६, माओवादी केन्द्रका ८, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १ जना सांसद छन् । यस्तै सो प्रदेशमा स्वतन्त्र सांसद ६ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण