सुदूरपश्चिम सरकारबारे प्रचण्ड र ओलीको रेशम चौधरीसँग टेलिफोन वार्ता, २ बजेभित्र लिखित प्रतिबद्धता माग

धनगढी । सुदूरपपिश्चम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार गठबन्धनसँग लिखित प्रतिबद्धता मागेको छ । आफूहरुले उठाउँदै आएको माग सुनिश्चिताको विषयमा सो पार्टीले लिखित प्रतिवद्धता मागेको बताइएको छ ।
यसैबीच प्रदेश सरकारको गठनको विषयमा नागरिक उन्मुक्ति पार्टीको आज डिल्लीबजारमा कोर बैठक बसिरहेको बताइएको छ । बैठकले २ बजेभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित प्रतिवद्धता मागेको बताइएको छ ।
नागरिक उन्मुक्ति स्रोतले रातोपाटीलाई भन्यो, ‘प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माओलीबीच भर्खरै टेलिफोन वार्ता भयो । वार्तामा उहाँहरुसँग हामीले उठाइएको माग र मुद्दा सम्बोधन सुनिश्चिताको लागि २ बजेभित्र लिखित प्रतिवद्धता मागेका छौं । यदि उहाँहरुबाट सो समयभित्र नआएको अवस्थामा अर्को गठबन्धनलाई समर्थन हुन सक्ने भनेका छौ ।’
नागरिक उन्मुक्तिले स्पष्ट निर्णय नदिँदा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश र सभामुखको मनोनयन दर्ता अन्योलग्रस्त बनेको छ । यतिबेला सबैको ध्यान डिल्लीबजार केन्द्रित रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुस् माओवादीको मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण
-
भुक्तानी नहुँदा बागलुङका दर्जनौँ आयोजना अलपत्र
-
जनकपुर उडेको प्रधानमन्त्री सवार जहाज अवतरण हुन नसकेपछि...
-
कालीगण्डकी कोरिडोर : बेगखोला-नागढुङ्गा खण्डको काम लयमा फर्कियो
-
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
-
नौ वर्षीय बालकको ओलीलाई चिठ्ठी : रोजगारीका लागि विदेश जानु नपरोस्