शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण, तस्बिरहरु हेर्नुहोस्
फोटोफिचर

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण, तस्बिरहरु हेर्नुहोस्

बुधबार, २७ पुस २०७९

आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।  ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सो अवसरमा र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ  । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि कटौती गरेको बिदा यसपटक दिने निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया