अनमोलको ‘छड्के २’ मा भिटेनको र्याप
बुधबार, २७ पुस २०७९, १७ : ०५
काठमाडौं । चर्चित र्यापर भिटेनले फिल्म ‘छड्के २’ को एक गीत गाएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द तथा संगीत छ ।
भिटेनको गीत कथा सुहाउँदो भएकै कारण आफूहरुले फिल्मका लागि रेकर्ड गरिएको निर्माता प्रशान्त गिरीले बताए । गीतको बोल भने अहिले सार्वजनिक गरिएको छैन । गीत भिडियो सहित सार्वजनिक गर्ने गिरीको भनाई रहेको छ ।
फागुन १९ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा अनमोल केसीको मुख्य भूमिका छ । ग्याङस्टारको बिषयमा निर्माण भएको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्ममा अनमोलको अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । चितवन र मुस्ताङमा छायांकन गरिएको फिल्म काभ्रे फिल्मस्को व्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण