शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अनमोलको ‘छड्के २’ मा भिटेनको र्याप

बुधबार, २७ पुस २०७९, १७ : ०५
बुधबार, २७ पुस २०७९

काठमाडौं । चर्चित र्यापर भिटेनले फिल्म ‘छड्के २’ को एक गीत गाएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द तथा संगीत छ । 

भिटेनको गीत कथा सुहाउँदो भएकै कारण आफूहरुले फिल्मका लागि रेकर्ड गरिएको निर्माता प्रशान्त गिरीले बताए । गीतको बोल भने अहिले सार्वजनिक गरिएको छैन । गीत भिडियो सहित सार्वजनिक गर्ने गिरीको भनाई रहेको छ ।

फागुन १९ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा अनमोल केसीको मुख्य भूमिका छ । ग्याङस्टारको बिषयमा निर्माण भएको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा अनमोलको अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । चितवन र मुस्ताङमा छायांकन गरिएको फिल्म काभ्रे फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप