मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको करारमा विश्वकप आयोजनाका लागि साउदीलाई सघाउने कुनै बुँदा छैन : अल–नासर

बुधबार, २७ पुस २०७९, १७ : ११
बुधबार, २७ पुस २०७९

क्रिस्टियानो रोनाल्डोको करारमा साउदी अरबलाई सन् २०३० को विश्वकप आयोजनाका लागि सघाउने सम्झौता नरहेको अल नासरले स्पष्ट पारेको छ । सन् २०३० मा साउदीको विश्वकप आयोजना गर्ने दाबीमा दूत बन्न रोनाल्डोलाई थप २० करोड युरो दिइएको भन्ने समाचारको क्लबले विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ ।

‘क्रिस्टियानो रोनाल्डोसँगे अल नासरको करारमा समाचारहरूमा उल्लेख भएजस्तो विश्वकपको दाबीमा सघाउने कुनै पनि प्रतिबद्धता समावेश नरहेको अल नासर एफसी स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको मुख्य ध्यान क्लबमा र उनका समकक्षीहरूसँग मिलेर सफलता हासिल गर्नेमा रहेको छ ।’

रोनाल्डो हालै मात्र म्यानचेस्टर युनाइटेड छाडेर अल नासेरसँग अनुबन्धित भएका थिए । योसँगै उनी विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीसमेत बनेका छन् । उनले क्लबका लागि पहिलो खेल खेल्न भने बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप