रोनाल्डोको करारमा विश्वकप आयोजनाका लागि साउदीलाई सघाउने कुनै बुँदा छैन : अल–नासर
बुधबार, २७ पुस २०७९, १७ : ११
क्रिस्टियानो रोनाल्डोको करारमा साउदी अरबलाई सन् २०३० को विश्वकप आयोजनाका लागि सघाउने सम्झौता नरहेको अल नासरले स्पष्ट पारेको छ । सन् २०३० मा साउदीको विश्वकप आयोजना गर्ने दाबीमा दूत बन्न रोनाल्डोलाई थप २० करोड युरो दिइएको भन्ने समाचारको क्लबले विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ ।
‘क्रिस्टियानो रोनाल्डोसँगे अल नासरको करारमा समाचारहरूमा उल्लेख भएजस्तो विश्वकपको दाबीमा सघाउने कुनै पनि प्रतिबद्धता समावेश नरहेको अल नासर एफसी स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको मुख्य ध्यान क्लबमा र उनका समकक्षीहरूसँग मिलेर सफलता हासिल गर्नेमा रहेको छ ।’
रोनाल्डो हालै मात्र म्यानचेस्टर युनाइटेड छाडेर अल नासेरसँग अनुबन्धित भएका थिए । योसँगै उनी विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीसमेत बनेका छन् । उनले क्लबका लागि पहिलो खेल खेल्न भने बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण