शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मृगौला प्रत्यारोपण
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । स्थापनाको १० वर्ष अवधिमा डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले सो सफलता हाँसिल गरेको हो ।
जसअनुसार बुधबारसम्म १००० जनाको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको हो । हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित विर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य अस्पतालमा गरी जम्मा संख्या १०४८ को प्रत्यारोपण भएको छ ।
यस ऐतिहासिक सफलता प्राप्त गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, सेमाजसेवी सबैको उल्लेखनीय योगदान रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मस्तिष्क मृत्यु पश्चात अंग दान तथा ती अंगबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य संख्यामा मात्र उक्त कार्य भएको जनाइएको छ । समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मृगौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको उनको भनाइ छ ।
भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १०० बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको डा श्रेष्ठले बताए । स्थानको चरम अभावका बाबजत पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जीवित व्यक्तिको मृगौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट मृगौला र कलेजो प्रत्यारोपण गरेको उनले बताए । जसअनुसार १० वर्षको अवधिमा १००० जनामा ९९ प्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको उनले बताए ।
प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५०० शैया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पु¥याउने योजना रहेको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा शुरु भैसकेको र निकट भविष्यमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत अस्पतालमा सेवा सुरु गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण