नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन, नयाँ अध्यक्षमा एनएमबिका सिइओ केसी चयन
बुधबार, २७ पुस २०७९, २० : ०७

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।
यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्याय रहेका थिए । उनको कार्यकाल समाप्त भए पश्चात् संघको अध्यक्ष पद रिक्त भएसँगै अध्यक्षको निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।
जसअनुसार सभाले एनएमबि केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो ।
यसअघि केसी संघको उपाध्यक्ष थिए । २०७३ फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ्ग क्षेत्रको ३ दशकभन्दा धेरै समयको अनुभव छ ।
सो पश्चात् रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई २ वर्षको लागि मनोनीत गरेको छ ।