नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन, नयाँ अध्यक्षमा एनएमबिका सिइओ केसी चयन
बुधबार, २७ पुस २०७९, २० : ०७
काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।
यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्याय रहेका थिए । उनको कार्यकाल समाप्त भए पश्चात् संघको अध्यक्ष पद रिक्त भएसँगै अध्यक्षको निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।
जसअनुसार सभाले एनएमबि केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो ।
यसअघि केसी संघको उपाध्यक्ष थिए । २०७३ फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ्ग क्षेत्रको ३ दशकभन्दा धेरै समयको अनुभव छ ।
सो पश्चात् रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई २ वर्षको लागि मनोनीत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण