संसद् बलियो प्रतिपक्षविहीन बन्नु दुःखद् : हाम्रो नेपाली पार्टी
काठमाडौँ । हाम्रो नेपाली पार्टीले बलियो प्रतिपक्षविहीन संसद बनेको भन्दै दुःख प्रकट गरेको छ । लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष भएपनि त्यसो हुन नसक्नु बिडम्बना भएको पार्टीका प्रवक्ता रोहन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अहिले सत्ता र भागबण्डाको स्वार्थ केन्द्रीत अवस्थाले गर्दा कुनै दल प्रतिपक्षमा बस्नै नहुने जस्तो देखिनु जनताको भावना विपरित हो कि भन्ने हामिलाइ भान भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थालाई मध्यनजर गर्दै हाम्रो नेपाली पार्टी (लौरो अभियान) जनता सँगै रहेर हरेक मुद्दामा जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दछौं ।’
नेपालमा ठुला–ठुला राजनितिक परिवर्तनहरु भए पनि जनताको अवस्थामा खासै उल्लेख्य परिवर्तन नभएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थामा २७० उपस्थित सांसद मध्ये २६८ जनाको समर्थन प्राप्त गरी प्रधानमन्त्री बनेकामा पुष्पकमल दाहाल (प्रचण्ड) लाई पार्टीले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्ति गरेको छ ।
जनताको पक्षमा सफलता पूर्वक काम गर्न, देशको अर्थतन्त्र सुधार्न र देशलाई आत्मनिर्भर बनाउन प्रचण्ड र उनको सरकार सफल हुनुपर्नेमा सो पार्टीको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण