लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिँदै
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । गिरीले आज दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाउने तयारी छ । आचार्य अर्घाखाँचीका हुन् भने महरा रोल्पाका हुन् ।
एमालेका एक नेताले आज मुख्यमन्त्री गिरी र २ जना विना विभागीय मन्त्रीले मात्रै शपथ लिने दाबी गरे । आचार्य यसअघि शङ्कर पोखरेल नेतृत्वको सरकारका पालामा पनि आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका थिए । एमालेबाट मन्त्रीका लागि आर्थिक क्षेत्रका जानकार कपिलवस्तुका विष्णु पन्थी, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ लगायत आकाङ्क्षी हुन् ।
आज नियुक्त हुने दुवै मन्त्री विना विभागीय हुने ती नेताले बताए । दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले विना विभागीय मन्त्रीका रुपमा शपथ लिने तयारी रहेको उनले बताए । मुख्यमन्त्री गिरी कुनै पनि हालतमा ११ भन्दा बढी मन्त्री बनाउन तयार छैनन् ।
एमालेको प्रस्तावमा एमालेलाई४ माओवादीलाई २ र साना दललाई एक-एक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ । माओवादीले ४ मन्त्रालय दाबी गरेको छ । नागरिक उन्मुक्ति,जनमत र जसपाले पनि हैसियत भन्दा बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् ।
त्यसले पनि मन्त्रालयको भागबन्डा मिलाउन कठिन भएकाले विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने मुख्यमन्त्रीको तयारी छ ।
केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने लोभमा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा चर्चा छ । लोसपा विना पनि सत्ता गठबन्धनलाई पर्याप्त बहुमत हुँदा हुँदै मन्त्री बन्न पाइन्छ कि भन्ने लोभमै गठबन्धनमा मिसिएको टिप्पणी छ ।
उक्त दलका नेता सन्तोष पाण्डेले भने राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन गरेको तर्क गर्छन् । गत चुनावमा उनले एमालेविरुद्ध गरेको अनर्गल प्रचारका कारण उनलाई मन्त्री बनाउन नहुने एमालेका अधिकांश नेताहरूको मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण