राजनीति
मुख्यमन्त्री गिरीले लिए पद तथा गोपनीयताको शपथ, दुई जना बने मन्त्री
बिहीबार, २८ पुस २०७९, १४ : ५७

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । पद तथा गोपनीयताको शपथका लागि दिउँसो १ बजे कार्यक्रम तय गरिए पनि सत्ता साझेदार दलहरूको आन्तरिक छलफलका कारण करिब एक घण्टा ढिलो भएको थियो । मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
त्यस्तै नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १(१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको शपथ लिएकी छिन् । मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो । त्यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर