शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : नयाँ सभामुखको शपथपछि पहिलो पटक चलाए प्रदेशसभा बैठक

‘आफूले पाएको भूमिकालाई न्याय गर्छु’
बिहीबार, २८ पुस २०७९, १८ : १३
बिहीबार, २८ पुस २०७९

विराटनगर । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गोपनीयताको शपथ खाएका छन् । उनलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाएका हुन् ।

शपथग्रहण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरू, संसदीय दलका नेता, सांसद, पूर्व सभामुख, उपसभामुखलगायतको उपस्थिति थियो । सभामुख भएपछि उनले प्रदेश १ लाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।

‘प्रदेशलाई बलियो बनाउने गरी अगाडि बढ्छु । प्रदेशको नामकरणको विषयलाई टुंगो लगाउन प्रयास गर्छु,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘म मेरो ठाउँबाट यो पदलाई न्याय गर्छु । यो भूमिका लागि म योग्य छु ।’

शपथग्रहण लगत्तै आजै उनले प्रदेशसभाको तेस्रो बैठक सञ्चालन गरेका छन् । बैठक सञ्चालनका क्रममा उनले प्रदेशसभाको सभामुख पदको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने कुरामा सभालाई विश्वास दिलाए । 

त्यस क्रममा उनले आफ्नो दलको सदस्यताबाट राजीनामा पनि दिएका छन् । ‘सभाको निष्पक्षतामा काम गर्नका लागि आफ्नो दलबाट आजैका मितिदेखि राजीनामा दिएको छु,’ उनले भने । 

उनले उपसभामुखको निर्वाचन २०७९ पुस ३० गतेका लागि तोकेका छन् । त्यसका लागि उपसभामुखको मनोनयन भोलि हुनेछ । भोलि (शुक्रवार)को बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । 

Savamukh (3)-province-1Savamukh (4)-province-1Savamukh (5)-province-1Savamukh (6)-province-1Savamukh (7)-province-1Savamukh (8)-province-1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप