प्रदेश १ : नयाँ सभामुखको शपथपछि पहिलो पटक चलाए प्रदेशसभा बैठक
विराटनगर । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गोपनीयताको शपथ खाएका छन् । उनलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाएका हुन् ।
शपथग्रहण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरू, संसदीय दलका नेता, सांसद, पूर्व सभामुख, उपसभामुखलगायतको उपस्थिति थियो । सभामुख भएपछि उनले प्रदेश १ लाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।
‘प्रदेशलाई बलियो बनाउने गरी अगाडि बढ्छु । प्रदेशको नामकरणको विषयलाई टुंगो लगाउन प्रयास गर्छु,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘म मेरो ठाउँबाट यो पदलाई न्याय गर्छु । यो भूमिका लागि म योग्य छु ।’
शपथग्रहण लगत्तै आजै उनले प्रदेशसभाको तेस्रो बैठक सञ्चालन गरेका छन् । बैठक सञ्चालनका क्रममा उनले प्रदेशसभाको सभामुख पदको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने कुरामा सभालाई विश्वास दिलाए ।
त्यस क्रममा उनले आफ्नो दलको सदस्यताबाट राजीनामा पनि दिएका छन् । ‘सभाको निष्पक्षतामा काम गर्नका लागि आफ्नो दलबाट आजैका मितिदेखि राजीनामा दिएको छु,’ उनले भने ।
उनले उपसभामुखको निर्वाचन २०७९ पुस ३० गतेका लागि तोकेका छन् । त्यसका लागि उपसभामुखको मनोनयन भोलि हुनेछ । भोलि (शुक्रवार)को बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।
-province-1_R1OzgOr2TN.jpg)
-province-1_VJhCXGCZFI.jpg)
-province-1_k2xW8UYfF0.jpg)
-province-1_DlPlhZQoB6.jpg)
-province-1_b0ndgkzsc0.jpg)
-province-1_KI08V6qEc4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण