समाचार
कागजी प्रक्रियाका लागि बिहीबार समय नहुँदा सन्दीप शुक्रबार मात्रै छुट्ने
बिहीबार, २८ पुस २०७९, १९ : ५४
काठमाडौं । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार मात्रै थुनामुक्त हुने भएका छन् ।
उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी शुक्रबार मात्रै थुनामुक्त हुने भएका हुन् ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएपनि उक्त आदेश काठमाडौं जिल्ला अदालत हुँदै कारागार कार्यालयमा आइपुग्नुपर्छ ।
बिहीबार ढिलो गरी आदेश आएको कारण यी सबै प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले शुक्रबार मात्रै कागजी प्रक्रिया पूरा गरी लामिछाने रिहा हुने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण