शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

शुक्रबार, २९ पुस २०७९, १२ : ५४
शुक्रबार, २९ पुस २०७९

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री  भएका अधिकारीलाई  बिहीबार नै एकीकृत समाजवादीका संसद दीपक मनाङेले विश्वासको मत नदिने बताइसकेका छन् । यस्तै शुक्रबार बिहान बसेको कांग्रेस  संसदीय दलको बैठकले पनि अधिकारीलाई विश्वासको मत नदिने जनाएको हो ।  

माओवादी नेतृत्वको केन्द्र सरकारलाई कांग्रेसले विश्वासको मत दिए पनि गण्डकीमा नदिने निर्णय  गरेको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।  कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।  

मुख्यमन्त्री अधिकारीले आजै दिउँसो २ बजे संसदबाट विश्वासको मत लिँदै छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ भने २८ संसद प्रतिपक्षमा बस्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप