गण्डकीमा कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीलाई बिहीबार नै एकीकृत समाजवादीका संसद दीपक मनाङेले विश्वासको मत नदिने बताइसकेका छन् । यस्तै शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पनि अधिकारीलाई विश्वासको मत नदिने जनाएको हो ।
माओवादी नेतृत्वको केन्द्र सरकारलाई कांग्रेसले विश्वासको मत दिए पनि गण्डकीमा नदिने निर्णय गरेको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले आजै दिउँसो २ बजे संसदबाट विश्वासको मत लिँदै छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ भने २८ संसद प्रतिपक्षमा बस्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण