सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

शुक्रबार, २९ पुस २०७९, १४ : १८
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा  कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दाय गरेको छ । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । 

यससम्बन्धमा अनुसन्धान गर्दा उनले आर्जन गरेको एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत खुल्न नसकेको अख्तियारको निष्कर्ष छ । 

सोहीअनुसार  बिगो एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप