सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदले दिए विश्वासको मत, दीपक मनाङे अनुपस्थित

शुक्रबार, २९ पुस २०७९, १४ : ५७
शुक्रबार, २९ पुस २०७९

पोखरा । मुख्यमन्त्री  खगराज अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य  मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए । 

अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसद दिपक मनाङे अनुपस्थित भएका छन् ।  एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले  समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप