मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : उपसभामुखको निर्वाचन माघ २ गते

शुक्रबार, २९ पुस २०७९, १८ : ३०
शुक्रबार, २९ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ । 

प्रदेशसभाको उपसभामुखका लागि आजै मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उपसभामुखका लागि शुक्रवार साँझ ६स्३० देखि ७ बजेसम्म मनोनयन दर्ताको समय तोकेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । 

प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईँले उम्मेदवारी दिने तय भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै कांग्रेसबाट उपसभामुख पदका लागि सुना परियार उम्मेदवार बन्ने निश्चित भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । त्यसैगरी उपसभामुख पदका लागि नेमकिपाकाबाट गीता काफ्लेले उम्मेदवारी दिने भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप