बागमती प्रदेश : उपसभामुखको निर्वाचन माघ २ गते
शुक्रबार, २९ पुस २०७९, १८ : ३०
मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ ।
प्रदेशसभाको उपसभामुखका लागि आजै मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उपसभामुखका लागि शुक्रवार साँझ ६स्३० देखि ७ बजेसम्म मनोनयन दर्ताको समय तोकेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईँले उम्मेदवारी दिने तय भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै कांग्रेसबाट उपसभामुख पदका लागि सुना परियार उम्मेदवार बन्ने निश्चित भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । त्यसैगरी उपसभामुख पदका लागि नेमकिपाकाबाट गीता काफ्लेले उम्मेदवारी दिने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण