बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार महासंघको पदाधिकारीहरुको टाेलीले प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे । उनले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे ।
अध्यक्ष कार्कीले बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताए । उनले बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने बताए । उनले व्यापार व्यवसायीको लागि वैज्ञानिक भाडादर कायम गर्न माग गरे । उनले केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग पनि गरे । त्यस्तै,महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याजदरको कारण परेको प्रभावको विषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण गरिएको बताए ।
उनले साना व्यवसायीहरुसँग अर्थ मन्त्रालले समन्वय गर्न माग गरेको बताए । उनले व्यसायीहरुलाई सहज पहँुच तथा भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्न माग गरिएको बताए । उनले पछिल्लो समय बजारमा देखिएको तरलता सहज बनाइ व्यवसायीहरुको लागि सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने माग गरिएको बताए । उनले व्यवसायीहरुको मागमा अर्थमन्त्री सकारात्मक रहेकाले माग सम्बोधन हुने कुरामा विश्वस्त रहेको बताए ।
त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरुले व्यवसायीहरुलाई आत्माहत्या गर्नुपर्ने अवस्थामा पु¥याएको भन्दै अर्थमन्त्रीसँग गुनासो गरे । उनले साना व्यवसायीहरुलाई बैंकले रोयर बस्नुपर्ने अवस्था बनाएकाले महासंघले उठाएका ३ वटा माग सम्बोधन गर्न आग्रह गरे । उनले सरकारले एलसी खोल्न बन्द गर्दा व्यवसायीहरुले सामान ल्याउन समेत नसकिएको बताए । उनले १६ करोडको स्टक देखाएर कर्जा लिने गरिन्थ्यो तर अहिले १६ करोडको स्टक नभए पनि त्यो भन्दा बढी कर्जा दिने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण