सहिद स्मारक 'ए' डिभिजन लिग फागुन १९ गतेबाट हुने
शुक्रबार, २९ पुस २०७९, २० : ०४
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट र 'बी' डिभिजन लिग आगामी चैत्र १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले 'ए' डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहनेगरी लिग सञ्चालन समिति गठन गरेको छ ।
यस्तै बैठकले फुटबलका महान् खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण