धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चोक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उनले भने ।
छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छ थर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिए । बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आइरहेको उनले जानकारी दिए ।
थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न
-
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गरिने
-
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
-
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने