राजनीति
माघ ३ गते सर्वदलीय बैठक बस्ने
सभामुखबारे लिखित सहमति छैन, बैठकले धेरै कुरा निर्धारण गर्छ : प्रधानमन्त्री
शनिबार, ३० पुस २०७९, २२ : १८
काठमाडौँ । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए ।
आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ । सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।
छलफलमा उनले भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण