विवाह बन्धनमा बाँधिए कान्ये
न्युयोर्क । अमेरिकी र्यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर वियांका सेन्सोरीसँग विवाह गरेको समाचार छ । कान्ये हराएको हल्ला चलिरहँदा उनको विवाहको खबरले उनका फ्यानहरू आश्चर्यमा परेका छन् । तर, विवाहबारे कान्ये वा वियांकाको प्रतिनिधिहरूले पुष्टि भने गरेका छैनन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले वियांका कान्येका पूर्वपत्नी किम कार्डासियनजस्तै देखिने टिप्पणी गरेका छन् । केहीले उनलाई ‘खैरो कपाल भएकी किम’ भनिरहेका छन् भने कसैले ‘किम के भाग–२’ भनेका छन् ।
किमसँग सम्बन्धविच्छेद भएपछि हाल ‘ये’ भनेर चिनिने कान्येको धेरै महिलासँग नाम जोडिएको थियो । जसमा नायिका जुलिया फाक्स र मोडल इरिना सायेक किम र कान्येले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेका थिए । दुवैले सन् २०२२ मा आधिकारिकरुपमा सम्बन्ध विच्छेद गरेका थिए । वियांका र कान्येलाई यसअघि विवाहको औँठी लगाएर सँगै डिनर खाएको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण