न्युयोर्क पुगेका बोल्सोनारोको भिसा रद्द गर्न डेमोक्रयाट सांसदको माग
आइतबार, ०१ माघ २०७९, १० : ३०
न्युयोर्क । अमेरिकामा डेमोक्रयाटिक सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको भिसा रद्द गर्न आह्वान गरेका छन् । ब्राजिलको नवनिर्वाचित सरकार विरुद्ध दंगामा संलग्न कसैलाई पनि शरण दिन नहुने उनीहरुले बताएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो जनवरी १ मा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको उद्घाटन समारोहमा उपस्थित हुनुको सट्टा फ्लोरिडा गए र अक्टोबर चुनाव बारेमा आधारहीन आरोप लगाएका थिए ।
बोल्सोनारोलाई समर्थन गर्ने दंगाकारीहरूले आइतबार ब्राजिलियामा राष्ट्रपतिको दरबार, सर्वोच्च अदालत र संसदमा तोडफोड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण