बोडेमा आगलागीबाट १५ लाखको क्षति
आइतबार, ०१ माघ २०७९, ११ : ००
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोमा रहेको नवदुर्गा पेपर फ्याक्ट्रीमा आगो लागेको थियो ।
अण्डाको क्रेट बनाउने सो फ्याक्ट्रीमा आगलागीबाट करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । कटुञ्जे घर भएका ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको पेपर फ्याक्ट्रिमा ३ लाख बजारको कागज र १२ लाख मुल्य पर्ने जेनेरेटर जलेको छ । बिजुलीको करेन्ट सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी पाण्डेले बताए । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण