समाचार
यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार : प्रहरी
आइतबार, ०१ माघ २०७९, ११ : ३८
काठमाडौँ । प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४ सदस्य पनि विमानमा थिए । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस सवार थिए ।
काठमाडौंबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण