प्रत्यक्षदर्शी भन्छन् – चोर साँघुबाट जहाज असन्तुलित हुँदै आयो (भिडियोसहित)
काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको विमान चोर साँघु हुँदै आकाशमा असन्तुलित भएर उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीयहरूले दुर्घटना हुनुभन्दा केही मिनेट अघि मात्रै विमान यसअघि उड्ने बाटोभन्दा फरक बाटोमा उडेको देखिएको थियो । त्यस बेलै उनीहरूले केही गडबड छ भनेर दुर्घटनास्थलतर्फ लाग्दालाग्दै दुर्घटना भएको प्रत्यक्षदर्शी विष्णु तिवारीले बताए ।
तिवारीकै शब्दमा कसरी भयो विमान दुर्घटना:
चोर साँघुतिरबाट जहाज ‘अनब्यालेन्स’ हुँदै आयो । खोलैखोला जहाज आएपछि पक्का पनि कुनै खतरा भयो भनेर हामीले बुझ्यौँ । त्यस्तो देखेपछि हामी आफै मान्छेमाथि नै पर्छ कि भनेर भागेर आइयो । भागेर आए पनि भेट्न त के भेट्न सकिन्थ्यो र ! तैपनि नजिकै भएर दुर्घटनास्थल छिटो भेट्न सकियो । टाढा भएको भए केही गर्न सकिँदैन थियो । हामी मन्दिरनेर आउँदाआउँदै यहाँ प्लेन क्रयास भयो ।
हामी यहाँ आइपुग्दा हेर्न सक्ने अवस्थै थिएन । धुवाँको मुस्लो मात्रै देखिन्थ्यो । पारितिर प्लेन भाँच्चिएको टुक्रा खस्दै गरेको देखिएको थियो । त्यसपछि पानी हाल्न पुलिस प्रशासन सबै आएर पानी हाल्नतिर लागियो । हामी दुर्घटनास्थल आइपुग्दा यहीको एकजना भाइ चिच्याउँदै आएका पनि देखियो । हामीले जहाजकै यात्रु हुनुहुन्छ भनेर नआत्तिन आग्रह गर्यौँ तर उहाँ माछा मार्न जानुभएको रहेछ । उहाँ यहाँ आउँदा शरीरभरि माटो र रगत लागेको देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण