शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रत्यक्षदर्शी भन्छन् – चोर साँघुबाट जहाज असन्तुलित हुँदै आयो (भिडियोसहित)

आइतबार, ०१ माघ २०७९, १५ : ०९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको विमान चोर साँघु हुँदै आकाशमा असन्तुलित भएर उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयहरूले दुर्घटना हुनुभन्दा केही मिनेट अघि मात्रै विमान यसअघि उड्ने बाटोभन्दा फरक बाटोमा उडेको देखिएको थियो । त्यस बेलै उनीहरूले केही गडबड छ भनेर दुर्घटनास्थलतर्फ लाग्दालाग्दै दुर्घटना भएको प्रत्यक्षदर्शी विष्णु तिवारीले बताए ।

तिवारीकै शब्दमा कसरी भयो विमान दुर्घटना:  

चोर साँघुतिरबाट जहाज ‘अनब्यालेन्स’ हुँदै आयो । खोलैखोला जहाज आएपछि पक्का पनि कुनै खतरा भयो भनेर हामीले बुझ्यौँ । त्यस्तो देखेपछि हामी आफै मान्छेमाथि नै पर्छ कि भनेर भागेर आइयो । भागेर आए पनि भेट्न त के भेट्न सकिन्थ्यो र ! तैपनि नजिकै भएर दुर्घटनास्थल छिटो भेट्न सकियो । टाढा भएको भए केही गर्न सकिँदैन थियो । हामी मन्दिरनेर आउँदाआउँदै यहाँ प्लेन क्रयास भयो । 

हामी यहाँ आइपुग्दा हेर्न सक्ने अवस्थै थिएन । धुवाँको मुस्लो मात्रै देखिन्थ्यो । पारितिर प्लेन भाँच्चिएको टुक्रा खस्दै गरेको देखिएको थियो । त्यसपछि पानी हाल्न पुलिस प्रशासन सबै आएर पानी हाल्नतिर लागियो । हामी दुर्घटनास्थल आइपुग्दा यहीको एकजना भाइ चिच्याउँदै आएका पनि देखियो । हामीले जहाजकै यात्रु हुनुहुन्छ भनेर नआत्तिन आग्रह गर्‍यौँ तर उहाँ माछा मार्न जानुभएको रहेछ । उहाँ यहाँ आउँदा शरीरभरि माटो र रगत लागेको देखिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप