आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने

आइतबार, ०१ माघ २०७९, १७ : १०
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले  घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतवार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

325532696_920780929359680_5827080522665350178_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप