विमान दुर्घटनाबारे छानबिन गरी आगामी दिनमा सतर्कता अपनाउन नाट्टाको माग
आइतबार, ०१ माघ २०७९, १९ : ३७
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आइतबार पोखरमा भएको विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा थप सतर्कता अपनाउन तथा यात्रुलाई सुरक्षित यात्राको सुनिश्चितता गराउन माग गरेको छ ।
आइतबार पोखरामा यती एयरलाइन्सको ९ एन एएनसी विमान दुर्घटना भएको हो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले उक्त दुर्घटनामा परी दिवङ्गत सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार रहेको र नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरोकारवाला र विशेष रूपमा सरकारको ध्यान जानुपर्ने आवश्यकता आफूले बारम्बार उठाइरहेको माग रहेको पनि स्मरण गराएको छ ।
_fl17slq0kH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण