एटिआर–७२ दुर्घटना : ६३ जनाको शव अस्पतालमा, बेपत्ता खोज्न गोताखोर परिचालन
काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोचमा भएको यति एयरको विमान दुर्घटनास्थलमा आइतबार अबेर खोज तथा उद्धार स्थगित गरिएको छ । अँध्यारोका कारण खोज तथा उद्धार स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । उनले भने– ‘आज खोज तथा उद्धार रोकेका छौं, भोलि बिहान ७ बजेबाट फेरी खोजी कार्य जारी राख्छौं ।’
दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले कमाण्ड पोष्ट बनाएर घटनास्थलको सुरक्षा गरिरहेका छन् । सुरक्षाकर्मीहरुले ६३ वटा शव घटनास्थलबाट अस्पताल ल्याएका छन् । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा ६३ जनाको शव संकलन गरिएको एसपी केसीले जानकारी दिए ।
नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । ३ जना गोताखोरसहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
घटनास्थलमा ३ जनाको शव देखिएको र ६ जनाको अवस्था अझै अज्ञात रहेको कास्कीका एसपी अजय केसीले दावी गरेका छन् । उनका अनुसार २५ जनाको शव सनाखत गरिएको छ । शव पोष्टमार्टम गण्डकी अस्पतालमै गरेर परिवारलाई हस्तान्तरण गर्ने प्रशासनको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण