विमान दुर्घटनामा परेका युपीका चार युवक पशुपतिनाथ दर्शन गर्न आएका थिए
पोखरामा आइतबार भएको विमान दुर्घटनामा मारिएकामध्ये पाँच भारतीय पनि थिए । यीमध्ये चार उत्तर प्रदेशको गाजीपुरका बासिन्दा थिए र पशुपतिनाथ दर्शन गर्न काठमाडौँ आएका थिए ।
आइतबार पोखरा विमानस्थल नजिकै विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु पुष्टि भइसकेको छ । विमानमा ६८ यात्री र चालक दलका चार सदस्य सवार थिए ।
भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’ ले यी पाँचमध्ये चारजनाबारे जानकारी दिएका हुन् । रिपोर्टका अनुसार यती एयरलाइन्सको विमान दुर्घटनामा मारिएका पाँच भारतीयमध्ये अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जायसवाल समावेश थिए । उनीहरु सबै २५ देखि ३० वर्षका थिए । उनीहरु उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा थिए । यद्यपि, पाँचौ मृतक सञ्जय जायसवाल थिए ।
पत्रिकाका अनुसार यीमध्ये सोनू जायसवालको चक जैनब र अलावलपुरमा घर थियो तर हाल उनी वाराणसीमा बसिरहेका थिए । विशाल शर्मा पनि अलावलपुरका बासिन्दा थिए । यस्तै, राजभर चक जैनब गाउँका निवासी थिए र कुशवाहा गाजिपुरको नोनहारा इलाकाको धरवामा बस्थे ।
सोनू जयसवाल व्यावसायी थिए । विशाल शर्मा एक निजी कम्पनीमा काम गरिरहेका थिए । यस्तै, राजभर र कुशवाहा मिलेर गाजीपुरमा एक जन सेवा केन्द्र चलाइरहेका थिए ।
सोनू जायसवालका पिता राजेन्द्र जायसवालले पत्रिकासँगको कुराकानीमा सोनू र उनकी श्रीमती तीन बच्चासहित हालै वाराणसी सिफ््ट भएका थिए । यी दुईका कान्छो छोरा १८ महिनाका छन् ।
राजेन्द्र जायसवालले भने, ‘दुर्घटना हुँदा सोनू फेसबुकमा लाइभ गरिरहेका थिए । सोसल मिडियामा उनको विमान भित्रको एउटा भिडियो सेयर भइरहेको छ । मैले यसबारे अनुसन्धान गर्नुपर्ने छ ।’
‘शनिबार मैले सोनूकी श्रीमतीलाई फोन गरेर छोराबारे सोधेको थिएँ । उनले सोनू सुरक्षित नेपाल पुगेको र छिट्टै फर्किने बताएकी थिइन् ।’
यी सबै गाजीपुरवासी पशुपतिनाथ मन्दिर दर्शन गर्न काठमाडौं गएको बताइएको छ । राजेन्द्र जैसवालले द इन्डियन एक्सप्रेसलाई भने, ‘सोनू लामो समयदेखि पशुपतिनाथ जाने सोचमा थिए । त्यसैले उनले आफ्ना साथीहरूसँग योजना बनाए ।’
चक जैनाब गाउँपालिकाका प्रमुख विजय जैसवालले सञ्चारमाध्यममा आएको खबरबाट पीडित परिवारलाई विमान दुर्घटनाबारे थाहा भएको पत्रिकालाई बताए । परिवारले आफन्तलाई फोन गर्दा चारै जनाको मोबाइल स्वीच अफ भएको उनले बताए । चारैजना बसबाट नेपाल गएको उनले बताए ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै पत्रिकाले चारै जना शुक्रबार काठमाडौं पुगेर पोखरामा प्याराग्लाइडिङ गर्ने योजना बनाएको जनाएको छ । दक्षिणी नेपालको सर्लाही जिल्लाका अजय कुमार शाहले पीटीआईलाई भने, ‘हामी सबै एउटै गाडीमा आएका थियौं । उनीहरु पोखराबाट गोरखपुर हुँदै भारत फर्कने योजनामा थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण