बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा परेका युपीका चार युवक पशुपतिनाथ दर्शन गर्न आएका थिए

सोमबार, ०२ माघ २०७९, ११ : २४
सोमबार, ०२ माघ २०७९

पोखरामा आइतबार भएको विमान दुर्घटनामा मारिएकामध्ये पाँच भारतीय पनि थिए । यीमध्ये चार उत्तर प्रदेशको गाजीपुरका बासिन्दा थिए र पशुपतिनाथ दर्शन गर्न काठमाडौँ आएका थिए ।

आइतबार पोखरा विमानस्थल नजिकै विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु पुष्टि भइसकेको छ । विमानमा ६८ यात्री र चालक दलका चार सदस्य सवार थिए ।

भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’ ले यी पाँचमध्ये चारजनाबारे जानकारी दिएका हुन् । रिपोर्टका अनुसार यती एयरलाइन्सको विमान दुर्घटनामा मारिएका पाँच भारतीयमध्ये अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जायसवाल समावेश थिए । उनीहरु सबै २५ देखि ३० वर्षका थिए । उनीहरु उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा थिए । यद्यपि, पाँचौ मृतक सञ्जय जायसवाल थिए ।

पत्रिकाका अनुसार यीमध्ये सोनू जायसवालको चक जैनब र अलावलपुरमा घर थियो तर हाल उनी वाराणसीमा बसिरहेका थिए । विशाल शर्मा पनि अलावलपुरका बासिन्दा थिए । यस्तै, राजभर चक जैनब गाउँका निवासी थिए र कुशवाहा गाजिपुरको नोनहारा इलाकाको धरवामा बस्थे ।

plane crash1सोनू जयसवाल व्यावसायी थिए । विशाल शर्मा एक निजी कम्पनीमा काम गरिरहेका थिए । यस्तै, राजभर र कुशवाहा मिलेर गाजीपुरमा एक जन सेवा केन्द्र चलाइरहेका थिए ।

सोनू जायसवालका पिता राजेन्द्र जायसवालले पत्रिकासँगको कुराकानीमा सोनू र उनकी श्रीमती तीन बच्चासहित हालै वाराणसी सिफ््ट भएका थिए । यी दुईका कान्छो छोरा १८ महिनाका छन् ।

राजेन्द्र जायसवालले भने, ‘दुर्घटना हुँदा सोनू फेसबुकमा लाइभ गरिरहेका थिए । सोसल मिडियामा उनको विमान भित्रको एउटा भिडियो सेयर भइरहेको छ । मैले यसबारे अनुसन्धान गर्नुपर्ने छ ।’

‘शनिबार मैले सोनूकी श्रीमतीलाई फोन गरेर छोराबारे सोधेको थिएँ । उनले सोनू सुरक्षित नेपाल पुगेको र छिट्टै फर्किने बताएकी थिइन् ।’

यी सबै गाजीपुरवासी पशुपतिनाथ मन्दिर दर्शन गर्न काठमाडौं गएको बताइएको छ । राजेन्द्र जैसवालले द इन्डियन एक्सप्रेसलाई भने, ‘सोनू लामो समयदेखि पशुपतिनाथ जाने सोचमा थिए । त्यसैले उनले आफ्ना साथीहरूसँग योजना बनाए ।’

चक जैनाब गाउँपालिकाका प्रमुख विजय जैसवालले सञ्चारमाध्यममा आएको खबरबाट पीडित परिवारलाई विमान दुर्घटनाबारे थाहा भएको पत्रिकालाई बताए । परिवारले आफन्तलाई फोन गर्दा चारै जनाको मोबाइल स्वीच अफ भएको उनले बताए । चारैजना बसबाट नेपाल गएको उनले बताए ।

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै पत्रिकाले चारै जना शुक्रबार काठमाडौं पुगेर पोखरामा प्याराग्लाइडिङ गर्ने योजना बनाएको जनाएको छ । दक्षिणी नेपालको सर्लाही जिल्लाका अजय कुमार शाहले पीटीआईलाई भने, ‘हामी सबै एउटै गाडीमा आएका थियौं । उनीहरु पोखराबाट गोरखपुर हुँदै भारत फर्कने योजनामा ​​थिए ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप