लोक गायिका छन्त्यालको शोकमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने
सोमबार, ०२ माघ २०७९, ११ : २८
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोक गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म गरेको प्रतिष्ठानले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण