लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता
बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको जानकारी दिए ।
यस्तै उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।
सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण