शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता

सोमबार, ०२ माघ २०७९, १५ : २०
सोमबार, ०२ माघ २०७९

बुटवल  । लुम्बिनी प्रदेशको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख  राप्रपाकी  मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सचिव  दुर्लभ पुन मगरले  सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको जानकारी दिए  ।

यस्तै उपसभामुखमा खाँणको प्रस्तावकमा  माओवादीका ईन्द्रजित थारु र समर्थकमा  जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।
 
सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप