‘नीराका ती शब्द अहिले पनि कानमा बारम्बार गुन्जन्छ’
अभाव झेलिस् तैँले हर चिजमा ।
सकेसम्म आउँछु यो तीजमा ।
गएको तीजछेक गायिका नीरा छन्त्यालले सुप्रिम मल्ल ठकुरीसँग गाएको दोहोरी गीत हो यो । दिदीभाइ बनेर गाएको यो गीतमा सुप्रिमले गाउँछन्—
आउँछ्यौ भन्ने झिनो आश छ दिदी ।
पर्खी बस्छम् आमा र म दिदी ।
गायिका नीरा अहिले यस धर्तीमा छैनन्, आइतबार पोखरामा भएको विमान दुर्घटनाले उनको ज्यान लियो । यतिखेर नीराले गाएका गीत टिकटकतिर भाइरल भइरहेका छन् ।
नीराले चर्चित लोक तथा दोहोरी गायिका राधिका हमालसँग तीजगीत गाउने इच्छा व्यक्त गरेकी थिइन् । रातोपाटीसँगको कुराकानीमा राधिकाले भनिन्, ‘उनले भनेकी थिइन्— दिदी ! म तपाईंको ठूलो फ्यान हुँ । एउटा तीजगीत तपाईंसँग गाउने इच्छा छ । अहिलेदेखि नै बुकिङ भयो है । म पनि उनीसँग गाउन उत्साहित थिएँ । आफूले चाहेको कुरो सबै कहाँ पुग्दो रहेछ ? सँगै गाउने हामी दुवैको इच्छा अधुरै रह्यो ।’
छोटो भेटमै राधिका र नीरा घनिष्ठ भएका थिए । आफूले नीरामा नेतृत्व गर्ने, बोल्न सक्ने र मिलनसार खुबी देखेको राधिका बताउँछिन् । ‘लोक दोहोरी संगीत प्रतिष्ठिानकी सदस्य समेत रहेकी उनी संस्थाको काममा पनि सक्रिय थिइन्,’ राधिका भन्छिन्, ‘लाइभ लोकदोहोरीमा निकै मीठो स्वरमा सुन्दर शब्द प्रयोग गरेर गाउँथिन् । शब्द चयनमा उनी अब्बल थिइन् ।’ अहिले टिकटक लगायत सामाजिक सञ्जालमा नीराले गाएका यी शब्द भाइरल भएका छन् ः
कलेजीको भित्री पाटो नमज्जाले रेट्छ ।
आउँछ बतास मलाई छुन्छ, तिम्रै झल्को मेट्छ ।
मिठो स्वरकी धनी र भद्र शब्द प्रयोग गरेर गाउने नीराका शब्दहरु अहिले राधिकाका कानमा गुञ्जिरहेका छन्— ‘दिदी ! म तपाईंको ठूलो फ्यान हुँ । एउटा तीजगीत तपाईंसँग गाउने इच्छा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण