मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ब्ल्याक होलले यसरी निल्यो तारा, ‘डोनट’ को आकारमा देखियो

सोमबार, ०२ माघ २०७९, १६ : ४०
सोमबार, ०२ माघ २०७९

नासाको हबल स्पेस टेलिस्कोपको प्रयोग गर्ने खगोलविद्ले एउटा ताराको अन्तिम पल कैद गरेको छ । ब्ल्याक ह्वेलले निल्नु ठिक अघि एउटा ताराको अवस्था कस्तो हुन्छ, यो टेलिस्कोपले रेकर्ड गरेको छ ।

ब्ल्याक होलले यो तारालाई निल्नुअघि, यसलाई एउटा डोनटको आकारमा फैलायो । यो दृश्य हबल स्पेस टेलिस्कोपले कैद गर्यो ।

black hole1सुपरम्यासिव ब्ल्याक होल, ग्यालेक्सी ESO 583-G004 को कोरमा पृथ्वीबाट ३० करोड प्रकाश वर्षको दूरीमा अवस्थित छ । तारा यो ब्ल्याक होलको निकै नजिक आएपछि यो ब्ल्याक होलले तारालाई छिन्न–भिन्न पारिदियो जसका कारण अल्ट्रा भोयलेट किरणको एक शक्तिशाली किरण निस्कियो ।

जब एक ब्ल्याक होल फिड गर्छ वा कुनै तारालाई निल्छ, तब यसको अत्यधिक गुरुत्वाकर्षणले तारामा अत्यधिक तेज टाइडल फोर्स लगाउँछ । जतिजति तारा ब्ल्याक होलको मुख नजिकै आउँछ तब ब्ल्याक होलको गुरुत्वाकर्षणले तारा नजिकैको क्षेत्रलाई टाढाको क्षेत्रभन्दा बढी प्रभावित गर्छ । यो असमानताले तारालाई एउटा लामो, चाउचाउजस्तो स्ट्रिङमा फेरिदिने गर्छ जसले ब्ल्याक होल लेयरको चारैतिर कसेर बेर्ने गर्छ जस्तै काँटा चम्चामा चाउचाउ बेरिने गर्छ ।

black hole2यसको आकार त्यतिबेला एउटा डोनटजस्तो देखिन्छ । तातो प्लाज्माको यो डोनट, ब्ल्याक होलको चारैतिर तीब्र रुपमा बढ्छ र यसबाट अथाह ऊर्जा निस्कने गर्छ जसले एक विशेष खालको फ्ल्याश पैदा गर्छ र यसले अप्टिकल, एक्स–रे र रेडियो–वेव टेलिस्कोप क्याच गर्छ ।

यो भिडियोमा पूरा प्रक्रिया बुझ्नुहोस्

यो ब्ल्याक होलमा फिडिङ सेशनको अचम्मको चमकले खगोलविद, टाइडल डिसरप्सनको घटनाको शोध गर्नका लागि प्रेरित भए । शोधकर्ताका अनुसार यसले ताराको अन्तिम पलबारे नयाँ जानकारी पाउन सकिन्छ ।

एउटा तारा यस्तो आकारमा छरिनु निकै अचम्मको घटना हो । ताराको बाहरी वायुमण्डलीय पत्र पहिला छरिन्छन् । त्यसपछि त्यो ब्ल्याक होल वरिपरि घुम्छ र ऊनको गोलाजस्ता आकार बन्छन् । ताराको बाँकी भएको हिस्सा पनि ब्ल्याक होलको चारैतिर घुम्न थाल्छ । ब्ल्याक होलले सबैकुरा निल्छ भन्ने गरिन्छ तरपनि ताराका धेरैजसो हिस्सा बाँकी हुन्छ । ब्ल्याक होलले एक सामान्य ताराको केवल १ प्रतिशत मात्रै निल्छ ।

यसै हप्ता सिएटलमा भएको अमेरिकन एस्ट्रोनोमिकल सोसायटीको २४१ औँ बैठकमा यो शोधको नतिजा सार्वजनिक गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप