शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता साझेदार दलको बैठक

मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण

सोमबार, ०२ माघ २०७९, २२ : १५
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उनले केही खुलाएनन् । उनले भोलि १ बजेभन्दा अघि अहिलेको सहमति परिवर्तन पनि हुनसक्ने बताए । 

‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए । त्यस्तै उनले भोलि १ बजे मन्त्रीहरुको सपथ राखिएको समेत जानकारी दिए ।

 जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको डिमान्डले गर्दा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ । शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप