यस्तो छ मन्त्रालयको भागबण्डा

काठमाडौँ । सत्ता साझेदार दलमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंगो लगाएको हो । जसअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री सहित ५ वटा मन्त्री पाउने तय भएको छ । यस्तै एउटा राज्यमन्त्री पनि माओवादी केन्द्रले पाउने एक नेताले जानकारी दिए ।
त्यसैगरी ८ वटा मन्त्रालय नेकपा एमालेले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ३/३ वटा मन्त्रालय लिने सहमति भएको छ। सत्ता साझेदारदलहरुले जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरेको भएपनि उसले स्वीकार गरिनसकेको छैन । जसपाले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ ।
‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’ यसैगरी सत्ता साझेदार दलमा जनमतले एक, नागरिक उन्मुक्तिले एक र लोसपाले समेत एक मन्त्रालय पाउने सहमति जुटेको बताइएको छ ।
बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँडमा ब्यक्तिसहितको विषय आ–आफ्नो पार्टीभित्र छलफल गरेर निर्णय लिने बताए । पार्टीहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई फाइनल दिएपछि मंगलबार दिउँसो एक बजे नयाँ मन्त्रीहरुको शपथ हुने उनले बताए । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना
-
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?
-
निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता