स्कटल्याण्डविरुद्ध नेपालको जित
सारांश
- स्कटल्याण्डमा भएको टी-२०आई सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गर्यो।
- स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.५ ओभरमा जित हासिल गर्यो।
- नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए भने कुशल भुर्तेलले ३० रन बनाए।
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा नेपाली बलरहरुको सामु कमजोर देखिएको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको लक्ष्य दिएको थियो ।
सामान्य रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै २ विकेटले जित हात पारेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रन बनाए । त्यस्तै म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए ।
यता बलिङ तर्फ नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए ।
त्यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिए । नेपालका लागि ललितनारायण राजवंशीले एक विकेट लिए । स्कटल्यान्डका मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले सार्वधिक ३० रनको योगदान गरे उनले ३५ बलमा ४ चौक्काको सहयोगमा ३० रन बनाए । अन्य नेपाली ब्याटरहरु राम्रो चल्न सकेनन् ।
आइतबार सम्पन्न भएको सिरिजकोको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण