स्कटल्याण्डविरुद्ध नेपालको जित

समाचार सारांश
- स्कटल्याण्डमा भएको टी-२०आई सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गर्यो।
- स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.५ ओभरमा जित हासिल गर्यो।
- नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए भने कुशल भुर्तेलले ३० रन बनाए।
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा नेपाली बलरहरुको सामु कमजोर देखिएको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको लक्ष्य दिएको थियो ।
सामान्य रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै २ रनले जित हात पारेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रन बनाए । त्यस्तै म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए ।
यता बलिङ तर्फ नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए ।
त्यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिए । नेपालका लागि ललितनारायण राजवंशीले एक विकेट लिए । स्कटल्यान्डका मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले सार्वधिक ३० रनको योगदान गरे उनले ३५ बलमा ४ चौक्काको सहयोगमा ३० रन बनाए । अन्य नेपाली ब्याटरहरु राम्रो चल्न सकेनन् ।
आइतबार सम्पन्न भएको सिरिजकोको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?