बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज मंगलबार दिउँसो १२ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी गाइसकेको छ ।
जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए ।
११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन ।
यस अवस्थामा मुख्यमन्त्री जम्मकट्टलले सहजै विश्वासको मत पाउने देखिन्छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
-
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
-
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता