विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
मङ्गलबार, ०३ माघ २०७९, ११ : १२
विराटनगर । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरेका हुन् ।
दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरू सहभागी थिए । उनीहरूले मृतकहरूको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन् ।
आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालकदलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण