मधेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसँग विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री यादवले कांग्रेस संसदीय दलका नेता यादवलाई भेटेर विश्वासको मत दिन औपचारिक पत्र नै दिएका हुन् । जवाफमा कांग्रेस दलका नेता यादवले छलफल पश्चात आवश्यक निर्णय लिने बताएका छन् ।
नेपाली कांग्रेसको मधेस प्रदेशसभामा २२ सांसद छन् । कांग्रेसले विश्वासको मत दिएपछि सर्वसम्मतिको सरकार बनाउने मुख्यमन्त्री यादवले बताएका छन् । संघमा प्रतिपक्षमा बसेको लोसपाले भने मुख्यमन्त्री यादवलाई समर्थन गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले के गर्ने भन्ने निर्णय अझै गर्न नसकेको बुझिएको छ ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री यादवले भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह