मधेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसँग विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री यादवले कांग्रेस संसदीय दलका नेता यादवलाई भेटेर विश्वासको मत दिन औपचारिक पत्र नै दिएका हुन् । जवाफमा कांग्रेस दलका नेता यादवले छलफल पश्चात आवश्यक निर्णय लिने बताएका छन् ।
नेपाली कांग्रेसको मधेस प्रदेशसभामा २२ सांसद छन् । कांग्रेसले विश्वासको मत दिएपछि सर्वसम्मतिको सरकार बनाउने मुख्यमन्त्री यादवले बताएका छन् । संघमा प्रतिपक्षमा बसेको लोसपाले भने मुख्यमन्त्री यादवलाई समर्थन गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले के गर्ने भन्ने निर्णय अझै गर्न नसकेको बुझिएको छ ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री यादवले भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण