बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वासको मत माग्दै बागमतीका मुख्यमन्त्रीले भने–सबै मिलेर विकास र समृद्धिमा लाग्नुपर्छ

मङ्गलबार, ०३ माघ २०७९, १५ : ३२
मङ्गलबार, ०३ माघ २०७९

बागमती प्रदेशका मुखयमन्त्री शालिकराम जम्कट्टेलले देशमा भएका विभिन्न आन्दोलन र संघर्षमा उठेका मागहरुलाई पूरा गर्न बाँकी रहेको बताएका छन् । बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकमा विश्वासको मत माग गर्दै उनले समाजमा अझै राज्यप्रतिको असन्तुष्टि बाँकी नै रहेको बताएका हुन् ।

उनका अनुसार सो असन्तुष्टिलाई सम्बोधन गर्ने विषय राज्य सञ्चालन संयन्त्रको चुनौतीको विषय हो । अहिलेको मुख्य चुनौतीको रुपमा राजनीतिक स्थायित्व रहेको उनको भनाइ छ । राजनीतिक स्थायित्व बिना शान्ति र सुशासन कायम हुन नसक्ने उनले बताए ।

उनका अनुसार विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न पनि शान्ति र सुशासन कामय गर्न जरुरी छ । प्रदेशसभामा पनि राजनीतिक स्थायित्वको खाँचो औंल्याउँदै उनले वर्तमान अवस्थामा सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।

‘प्रदेशसभाको काम भनेको केही सेवा प्रवाह र विकास निर्माण नै हो । अहिले प्रदेशसभाको आवश्यकता भनेको स्थायित्व नै हो । त्यसैले अहिलेको अवस्थामा सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु,’ उनले भने ।

सबै दल र सांसदहरु एक ठाउँमा उभिएर बागमती प्रदेशको विकास र समृद्धिमा समान भागिदार भएर अघि बढ्नु पर्ने समय आएको उनले बताए । फुटेरभन्दा जुटेर अघि बढ्दा जनताको इच्छा, चाहना अनुसार विकास निर्माणको काम गर्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप