विश्वासको मत माग्दै बागमतीका मुख्यमन्त्रीले भने–सबै मिलेर विकास र समृद्धिमा लाग्नुपर्छ
बागमती प्रदेशका मुखयमन्त्री शालिकराम जम्कट्टेलले देशमा भएका विभिन्न आन्दोलन र संघर्षमा उठेका मागहरुलाई पूरा गर्न बाँकी रहेको बताएका छन् । बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकमा विश्वासको मत माग गर्दै उनले समाजमा अझै राज्यप्रतिको असन्तुष्टि बाँकी नै रहेको बताएका हुन् ।
उनका अनुसार सो असन्तुष्टिलाई सम्बोधन गर्ने विषय राज्य सञ्चालन संयन्त्रको चुनौतीको विषय हो । अहिलेको मुख्य चुनौतीको रुपमा राजनीतिक स्थायित्व रहेको उनको भनाइ छ । राजनीतिक स्थायित्व बिना शान्ति र सुशासन कायम हुन नसक्ने उनले बताए ।
उनका अनुसार विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न पनि शान्ति र सुशासन कामय गर्न जरुरी छ । प्रदेशसभामा पनि राजनीतिक स्थायित्वको खाँचो औंल्याउँदै उनले वर्तमान अवस्थामा सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।
‘प्रदेशसभाको काम भनेको केही सेवा प्रवाह र विकास निर्माण नै हो । अहिले प्रदेशसभाको आवश्यकता भनेको स्थायित्व नै हो । त्यसैले अहिलेको अवस्थामा सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु,’ उनले भने ।
सबै दल र सांसदहरु एक ठाउँमा उभिएर बागमती प्रदेशको विकास र समृद्धिमा समान भागिदार भएर अघि बढ्नु पर्ने समय आएको उनले बताए । फुटेरभन्दा जुटेर अघि बढ्दा जनताको इच्छा, चाहना अनुसार विकास निर्माणको काम गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण