सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विशेष अदालतले फैसला गरेका चार मुद्दामा पुनरावेदन मागसहित अख्तियार पुग्यो सर्वोच्चमा

मङ्गलबार, ०३ माघ २०७९, १५ : ५८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार घुस/रिसवत सम्बन्धी विभिन्न चार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

गत असार ३० गते शोभिता साहविरुद्धको मुद्दामा भएको फैसला, गत जेठ १८ गते सुशील बुढाथोकी र ज्ञानबहादुर कार्कीविरुद्धको मुद्दामा भएको फैसला, गत असार १० गते राम नरेश पासवानविरुद्धको मुद्दामा भएको फैसला र पर्वत पौडेलविरुद्धको मुद्दामा गत साउन १२ गते भएको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको भण्डारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप