सबै नेपालीले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरिनेछ : नवनियुक्त स्वास्थ्य मन्त्री
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरिने बताएका हुन् ।
पदबहाली कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले भने, ‘मन्त्रीको रूपमा मैले गर्नुपर्ने सम्पूर्ण रूपले सहयोग गर्छु तपाईंहरुबाट पनि त्यस्तै सहयोग पाउँछु भन्ने विश्वास लिएको छु । स्वास्थ्य क्षेत्रका व्यावहारिक, नीतिगत तथा संरचनागत समस्याहरू के–के हुन् ? के कारणले हामीले प्रभावकारी र चुस्तदुरुस्त ढंगले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिरहेका छैनौँ भन्ने विषयमा विभिन्न चरणमा छलफल गरौँला । हामी समस्याहरूलाई सुरुमा गहिरो रूपमा समस्याको पहिचान गर्नेछौँ ।’
मन्त्री गिरीले कर्मचारीहरूको अनुभवलाई पनि प्रयोग गरिने बताए । उनले कोभिडको महामारीमा स्वास्थ्य सेवाका कर्मचारीले गरेको काम प्रशंसासमेत गरे । त्यस्तै, सबै स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल बनाउने कामलाई छिटोभन्दा छिटो काम सक्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । जनशक्तिको अभाव कम गर्ने र आवश्यक जनशक्ति मिलाउने तर्फ पनि सरकारले ध्यान दिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण