विमान दुर्घटना : राष्ट्रपति सीले पठाए शोक सन्देश
मङ्गलबार, ०३ माघ २०७९, २० : १६
काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शोक सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले चीन र चिनियाँ जनताको तर्फबाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
सोमबार नै चिनियाँ प्रधानमन्त्री लि खस्याङले समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शोक सन्देश पठाएका थिए । आइतबार यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार ६८ यात्रुसहित चालक दलका ४ जना सदस्यहरूको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण