विमान दुर्घटना : राष्ट्रपति सीले पठाए शोक सन्देश
मङ्गलबार, ०३ माघ २०७९, २० : १६

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शोक सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले चीन र चिनियाँ जनताको तर्फबाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
सोमबार नै चिनियाँ प्रधानमन्त्री लि खस्याङले समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शोक सन्देश पठाएका थिए । आइतबार यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार ६८ यात्रुसहित चालक दलका ४ जना सदस्यहरूको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली