सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सुनसरी । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ ।
वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न जानुभएका माझीलाई आज बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए ।
एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् । रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयवासी भेला भएर एकै स्थानमा बस्दै आएका छन् । अठ्ठाइस वटासम्म हात्ती आफूले देखेको स्थानीयवासी महेन्द्र कार्कीले बताए ।
बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका वडा नं १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बीच पानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । वडा नं ३ मा हालसम्म दुई वटा घरमा क्षति पु¥याएको वडाध्यक्ष लामाले बताए । यी क्षेत्र जङ्गलसँग जोडिएको छ । वडा नं १, २, ३ र ५ मा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण