एटिआर–७२ दुर्घटना : काठमाडौँ ल्याएको ४ शवको पोष्टमार्टम
काठमाडौँ । यति एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव पोखराबाट काठमाडौँ ल्याइएको छ । ती शवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण शुरु भएको छ । अहिलेसम्म ४ जनाको पोष्टमार्टम गरेको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा २२ जनाको पोष्टमार्टम गरिएको फरेन्सिक विज्ञ डा.गोपाल चौधरीले रातोपाटीलाई बताए । काठमाडौंबाट डा.चौधरी र डा.समारिका दाहाल शव परीक्षणका लागि पोखरा गएका थिए ।
पहिचान भएका शवको डीएनए परीक्षण गरिने डा.चौधरीले रातोपाटीलाई बताए । डा.चौधरीले भने–‘पहिचान नभएका शवको डिएनए परिक्षण गर्छौं ।’ पहिचानमा समस्या भएका शवहरु दातको स्याम्पल लिएर परिवारको डीएनएसँग म्याच गरिने बताइएको छ । कास्कीको पोखरास्थित सेती नदीको खोचमा आइतबार यति एयरको विमान दुर्घटनामा परेर ६९ जनाको मृत्यु भएको छ । विमानमा सवार ३ जनाको सग्लो शव भेटिएको छैन । एउटा टाउको र अरु टुक्राटाक्री फेला परेको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । मंगलबार घटनास्थलबाट डेढ किलोमिटर तल भेटिएको महिलाको शव विमान दुर्घटनामा परेको एकिन भैकसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण