माओवादी नेता पुनमा कलेजो प्रत्यारोपण गरिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।
नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए ।
‘मैले उहाँलाई उपचार गर्न थालेको १०/१२ वर्ष नै भइसक्यो । उहाँले बीचमा बाहिर उपचार गर्नुभयो । पछिल्लो समय कलेजो कमजोर देखिएको छ । जसले गर्दा अस्ति रोल्पाबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ’ शर्माले भने, ‘मेडिकल उपचार बाहिर र यहाँ एउटै हो । मेडिकल उपचार खासै फरक हुँदैन । लिभरलाई किड्नी जस्तो डाइलासिस गरेर हुँदैन । लिभर नै फेर्नुपर्छ । लिभर कमजोर भए फेर्नुको विकल्प हुँदैन ।’
किड्नीको प्रत्यारोपण नियमित भएपनि कलेजोको नियमित प्रत्यारोपण हुन नसकेको शर्माले बताए । ‘लिभरको प्रत्यारोपण त्यति धेरै भइराखेको छैन । विदेशबाट आएका चिकित्सकले फाट्टफुट्ट गर्ने गरिएको छ । उहाँले कहाँ उपचार गर्ने भनेर सम्पर्कगरी राख्नुभएको छ’ शर्माले भने, ‘नेपालमा लिभर प्रत्यारोपण गर्दा रिक्स हुन्छ । मैले बाहिरै लिभर प्रत्यारोपण गर्न सुझाएको छु । सर्जिकल र स्किलको कुरा पनि हुनसक्छ ।’
पुनलाई कलेजो प्रत्यारोपणका लागि परिवारका सबै सदस्य तयार रहेको शर्माले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने बताए । अरु देश हेरेर खर्च लाग्ने बताइएको छ । कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना लाग्छ । त्यसपछि २ महिना जति रेष्ट गर्नुपर्छ’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण