समाचार
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने
बुधबार, ०४ माघ २०७९, १३ : ५९
काठमाडौँ । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । सहमहामन्त्री जीवन परियारले समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने तय भएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
न्यौपानेको नामलाई पार्टीको संसदीय दलको बैठकले अनुमोदन गर्ने उनको भनाई छ ।
संसदीय दलको बैठक केहीबेरमा पार्टीको संसदीय दलको कार्यालयमा बस्दैछ । बिहान पार्टीको पदाधिकारी बैठकले सभामुख पदमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण