हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ
बुधबार, ०४ माघ २०७९, १४ : ०९
काठमाडौँ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानरपालिका–१६ घर भएका ३४ वर्षीय विकास शाह र वीरगञ्ज–९ घर भएका १९ वर्षीय सुवासकुमार शाह छन् ।
आरोपीहरुको साथबाट हुण्डी कारोबारको २२ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
वीरगञ्ज–८ स्थित घण्टाघरमा आरोपीहरु सवार भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण