शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

बुधबार, ०४ माघ २०७९, १४ : ०९
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानरपालिका–१६ घर भएका ३४ वर्षीय विकास शाह र वीरगञ्ज–९ घर भएका १९ वर्षीय सुवासकुमार शाह छन् ।

आरोपीहरुको साथबाट हुण्डी कारोबारको २२ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

वीरगञ्ज–८ स्थित घण्टाघरमा आरोपीहरु सवार भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप