कुरा होइन काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताएका छन् । नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गरे । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, “अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।” मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताए ।
गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पारेका थिए । “ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ”, उनले भने । नेकपा (एमाले) स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भने, “पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔँ, एमाले लोकप्रिय पार्टी हो ।” कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण