आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवास बालुवाटार सरे

बुधबार, ०४ माघ २०७९, १९ : २५
बुधबार, ०४ माघ २०७९

काठमाडौं । कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका छन् । गत मंसिर २८ गतेबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निवास छाडेको भएपनि मर्मत सम्भारको काम भएका कारण कार्की सरकारी निवासमा सरेका थिएनन् ।

गत असोज १५ गतेबाट कामु प्रधान न्यायाधीशका रुपमा न्यायपालिकाको बागडोर सम्हालेका कार्की कामु प्रधान न्यायाधीश बनेको साँढे तीन महिनापछि मात्रै सरकारी निवासमा सरेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि न्यायपालिकाको कामु प्रमुख बनेका दीपककुमार कार्की भने निजी निवासमै बस्ने गरेका थिए । निलम्बनमा परेपनि जबराले सरकारी निवास छाडेका थिएनन् । आफू निलम्बनमा मात्रै परेको भन्दै जबराले सरकारी निवास छाड्न अस्वीकार गरेका थिए । 

गत मंसिर २७ गतेबाट जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि प्रधानन्यायाधीश निवासको मर्मत सम्भार सुरु गरिएको थियो । मर्मतसम्भारको काम सकिएपछि कायम मुकायम प्रधानन्यायाधीश कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप