कामु प्रधानन्यायाधीश कार्की सरकारी निवास बालुवाटार सरे
काठमाडौं । कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका छन् । गत मंसिर २८ गतेबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निवास छाडेको भएपनि मर्मत सम्भारको काम भएका कारण कार्की सरकारी निवासमा सरेका थिएनन् ।
गत असोज १५ गतेबाट कामु प्रधान न्यायाधीशका रुपमा न्यायपालिकाको बागडोर सम्हालेका कार्की कामु प्रधान न्यायाधीश बनेको साँढे तीन महिनापछि मात्रै सरकारी निवासमा सरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि न्यायपालिकाको कामु प्रमुख बनेका दीपककुमार कार्की भने निजी निवासमै बस्ने गरेका थिए । निलम्बनमा परेपनि जबराले सरकारी निवास छाडेका थिएनन् । आफू निलम्बनमा मात्रै परेको भन्दै जबराले सरकारी निवास छाड्न अस्वीकार गरेका थिए ।
गत मंसिर २७ गतेबाट जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि प्रधानन्यायाधीश निवासको मर्मत सम्भार सुरु गरिएको थियो । मर्मतसम्भारको काम सकिएपछि कायम मुकायम प्रधानन्यायाधीश कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण